स्वास्थ्यमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएका अर्जुननरसिंह केसीको मुटुमा राखियो पेसमेकर — OSNepal

स्वास्थ्यमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएका अर्जुननरसिंह केसीको मुटुमा राखियो पेसमेकर

LC (KTM) June 29, 2022 0

काठमाडौं १५ असार । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको मुटुमा पेसमेकर राखिएको छ ।

केसीको स्वास्थ्यमा समस्या आएप छि मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

केसीका स्वकीय सचिव निराजन थापाले दिएको जानकारी अनुसार उनको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकोमा अपरेशन गरेर मुटुमा पेसमेकर राखिएको हो ।

अहिले केसीको स्वास्थ्य सुधारउन्मुख रहेको चिकित्सकहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर