पाकिस्तान माथिको प्रतिबन्ध फिफाले हटायो — OSNepal

पाकिस्तान माथिको प्रतिबन्ध फिफाले हटायो

LC (KTM) June 30, 2022 0

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन पीएफएफ माथि प्रतिबन्ध हटाएको छ ।फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको छ । फिफाले २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

पीएफएफमा दुई पक्षबीच विवाद भएपछि अदालतले हस्तक्षेप गरेको थियो ।तर, फिफाले प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको थियो । फिफाले गठन गरेको नर्मलाइजेसन कमिटीले पीएफएफ पूर्ण रुपमा आफ्नो मातहतमा ल्याएको कारण प्रतिबन्ध हटाईएको जनाएको छ ।यस्तै फिफाले नर्मलाइजेसन कमिटीलाई काममा बाधा र अवरोध गरिएको फेरि प्रतिबन्ध गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर