सर्वोच्चलाई सभामुखको जवाफ : राष्ट्रपतिबाट आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको प्रश्न उठाई संसद विघटन गर्ने कार्य भयो — OSNepal

सर्वोच्चलाई सभामुखको जवाफ : राष्ट्रपतिबाट आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको प्रश्न उठाई संसद विघटन गर्ने कार्य भयो

LC (KTM) June 17, 2021 0

काठमाडौं ३ असार । सभामुख अग्निप्रसाद सापकोटाले पनि आज सर्वोच्चले दिएको समय अगावै संसद विघटन सम्बन्धि मुद्धामा सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने संसद मात्र भएको दावी गरेका सभामुख सापकोटाले जवाफमा भनेका छन् , संविधानको धारा ७६ को उपधारा (१), (२), (३), (४), (५), (६) र (७) मा प्रधानमन्त्री नियुक्तिको प्रकृया, विश्वासको मत लिने तथा प्रतिनिधि सभा विघटन समेतको संवैधानिक व्यवस्था रहेको बताएका छन् ।

१४९ जना सदस्यको समर्थनसहित संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गर्न शेरबहादुर देउवाको दाबी प्रस्तुत गर्दा पनि राष्ट्रपतिले आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको प्रश्न उठाई संसद विघटन गर्ने कार्य संवैधानिक नैतिकताको वर्खिलाफ भएको जवाफमा उल्लेख गरिएको छ ।
“प्रतिनिधि सभामा १४९ जना सदस्यको समर्थन सहित धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गर्न माननीय शेरबहादुर देउवाको दाबी प्रस्तुत भएपछि विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल भनेको प्रतिनिधि सभा मात्र हो । राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परिक्षण गर्ने अधिकार धारा ७६(५) तथा धारा ६६ ले दिएको अवस्था समेत नभएको र राष्ट्रपतिको निर्णयसमेतका कार्य गैरसंवैधानिक रहेको बताएका छन् ” सर्वोच्चलाई पठाएको लिखित जवाफमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर