न्यू डायमन्ड भलिबल : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन — OSNepal

न्यू डायमन्ड भलिबल : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

LC (KTM) July 02, 2022 0

काठमाडौं, १८ असार:

सशस्त्र प्रहरी बलको एपीएफलाई सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लबले शनिबार बाग्मती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न खेलमा २५–१६, २७–२५, २५१९ को सोझो सेटमा हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपीएफमाथि रोमाञ्चक जित निकाल्यो ।

यसअघि पुलिसले लिग चरणको अन्तिम खेलमा एपीएफमाथि ३–१ को सेटमा जित निकाल्दै शतप्रतिशत नतिजासहित फाइनल पुगेको थियो ।

शनिबारै भएको तेस्रो स्थानको खेलमा परोपकार महिला होस्टेललाई सोझो सेटमा स्तब्ध पार्दै न्यू डायमन्ड क्लब तेस्रो भएको थियो ।

प्रतियोगिताको च्याम्पियन बनेको पुलिसले पाँच लाख, उपविजेता एपीएफले दुई लाख ५० हजार, तेस्रो भएको डायमन्डले एक लाख २५ हजार र सान्त्वना टिम परोपकारले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर