डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का — OSNepal

डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का

LC (KTM) July 04, 2022 0

काठमाडौं, २० असार:
नेपाल डीपी लिमिटेडले डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७८–०७९ सम्म डिम्याट खाता संचालन गरेबापत लाग्ने शुल्कहरु असार मसान्तभित्र ग्लोबल आइएमई बैंक लिमिटेडको कमलादी शाखामा रहेको बैंक खातामा भुक्तानी गर्न आग्रह गरिएको छ । साथै ग्राहकले मेरो शेयरको माइ प्रोफाइलमार्फत इ सेवा, कनेक्ट आइपीएस, आइएमई पे र खल्तीमार्फत भुक्तानी गर्न सक्नेछन् ।

कम्पनीले तोकेको समयभित्र डिम्याट खाताको सम्पूर्ण वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको शुल्क भुक्तानी नगरेसम्मका लागि डिम्याट खाता रोक्का गरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर