अब मोटरसाइकललाई ५ लिटर, कारलाई २० लिटर तेल मात्र उपलब्ध हुने — OSNepal

अब मोटरसाइकललाई ५ लिटर, कारलाई २० लिटर तेल मात्र उपलब्ध हुने

LC (KTM) July 04, 2022 0

काठमाडौं २० असार । नेपाल आयल निगमले सरकारलाई बाइकलाई सीमित इन्धन दिनेदेखि गाडीमा जोर विजोर प्रणाली लागू गर्न सुझाव दिएको छ । विभिन्न १० बुँदे सुझाव सहित निगमले उद्योग मन्त्रालयलाई पत्र पठाएको हो ।

आयोगले सरकारलाई दुई पाँग्रे सवारीलाई एकपटकमा ५ लिटर र चार पांग्रे साना सवारीलाई २० लिटर मात्र इनधन दिन सिफारिस गरेको हो निगमले दिएको जानकारी अनुसार इन्धनको मूल्य लतागार बढेकोले खपत कम गराउन त्यस्तो गर्न लागिएको बताएको छ ।

सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर घटाउने मूल्य घटाएपछि निगम झन् घाटामा गएको हो । निगम प्रवक्ता विनितमणि उपाध्ययले इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र प्रभावित हुने भएकाले त्यस्तो उपाय सुझाइएको जानकारी दिएका छन् ।

निगम सञ्चालक समिति बैठकले सरकारलाई इन्धनको प्रयोग घटाउन विभिन्न १० उपाय सुझाएको छ ।

१. सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने ।

२. देशका प्रमुख सहरहरूमा प्रत्येक शनिवार गाडी रहित सार्वजनिक बिदाको घोषणा गर्ने ।

३. खाना पकाउने एल।पी। ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्ने ।

४. विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहरहरू र राष्ट्रिय राजमार्गहरूमा निः शुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिकरनिजी पार्किङ्ग स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निः शुल्क पार्किङ्ग स्थल तोकिदिने ।

५. पेट्रोल पम्पहरूले मोटर साइकललाई एक–पटकमा ५ ९पाँच० लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० ९बीस० लिटर मात्र इन्धन बिक्री गर्ने ।

६. छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आव्हान गर्ने ।

७. ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरू पूर्ण क्षमतामा चलाउने ।

८. मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरूप नै यात्रु रहने गरी सञ्चालन
गर्ने व्यवस्था मिलाउने ।


. पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरूको आयात बन्द गर्ने ।

१०. ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एल।पी।ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर