मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिदै — OSNepal

मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिदै

LC (KTM) June 18, 2021 0

पोखरा असार ४ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन्। तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएपछि विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पोखरेलले आज विश्वासको मत लिने भएका हुन् ।

नियुक्त भएको १ महिना भित्र विश्वासको मत लिने व्यवस्था अनुसार पोखरेलले मन्त्रीहरूको कार्य विभाजनअघि नै विश्वासको मत लिने तयारी गरेका हुन्। पोखरेल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आज ११ बजे को बैठकमा उनल विश्वासको मत लिने भएका छन् ।

तथापी , बाढी पहिरो अवलोकन गर्न मनाङ गएका पोखरेल हिजो मौसमका कारण उतै बसेका थिए । आज पोखर फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर