यी मेयर जसले गोहीसँग विहे र चुम्बन गरेर बने भाइरल, हेर्नुहोस् यो भिडियो — OSNepal

यी मेयर जसले गोहीसँग विहे र चुम्बन गरेर बने भाइरल, हेर्नुहोस् यो भिडियो

LC (KTM) July 05, 2022 0

काठमाडौं :

सेतो र घुम्टो लगाएको दुलहीको पहिरनमा सजिएका यी मेयर हुन् मेक्सिकोको एउटा सानो शहरका ।

मेयर सोसाले परम्परा जोगाउन भन्दै सात वर्षको गोहीसँग विहे गरेका तस्विरहरु भाइरलब निरहेका छन् । मेयरले सेतो र घुम्टो लगाएको दुलहीको पहिरनमा सजिएका गोहीसँग विवाह गरेको दृश्य रोयटर्सले भिडियो पनि सार्वजनिक गरेको छ ।

भिडियोमा रंगीन समारोहमा परम्परागत संगीत बज्दा र अनुयायीहरूले आदिवासी नेतालाई चुम्बन गरेर विवाहको मुहर लगाइदिन आग्रह गर्दै नृत्य गरेको देख्न सकिन्छ ।

यो परम्परागत अनुष्ठान विवाह ओक्साका राज्यको चोन्टल र हुवे आदिवासी समुदायहरू बीचको प्रि–हिस्पानिक समयदेखि अर्थात् शताब्दीयौं अघि देखिको हो ।

यो विवाहको प्रतिक भनेको प्रकृतिले दिएको वरदानको लागि प्रार्थना गर्नु पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर