परिवारका सदस्यहरुसँग यात्रा गरिरहेका बेला महिला बसमा नै सुत्केरी भइन्, अब बच्चाले आजीवन बसमा निःशुल्क यात्रा गर्न पाउने — OSNepal

परिवारका सदस्यहरुसँग यात्रा गरिरहेका बेला महिला बसमा नै सुत्केरी भइन्, अब बच्चाले आजीवन बसमा निःशुल्क यात्रा गर्न पाउने

LC (KTM) July 05, 2022 0

काठमाडौं ।

बसमा महिला सुत्केरी भएको कहिल्यै सुन्नु वा पढ्नु भएको छ ? हालै सरकारी बसमा महिला सुत्केरी भएकी छिन् । यो खबर हो भारतको महाराष्ट्रको ।

जहाँ एक महिलाले तेलङ्गाना स्टेट रोड ट्रान्सपोर्ट कर्पोरेशन ९टीएसआरटीसी० को बसमा छोरोलाई जन्म दिएपछि उनी आजिवन निशुल्क बसमा यात्रा गर्न दिइने व्यबस्था गरिएको छ ।

द हिन्दुको रिपोर्ट अनुसार ती महिलाको नाम रत्नमल्ला हो । उनी महाराष्ट्रको नान्देड जिल्लाको किनवटकी स्थानिय हुन् । परिवारका तीन जना महिलासँग चन्द्रपुर जाँदै गर्दा ति महिलाले बाटोमा नै बच्चालाई जन्म दिएकी थिइन् ।

उनलाई एक्कासी ब्यथा लागेपछि परिवारका महिलाले चालकलाई पीडा बढेको हुनाले बसलाई मानकापुर नजिकै सडकको छेउमा रोक्न अनुरोध गरेर बच्चा जन्माउने कुरामा सहयोगी भूमिका खेले ।

उनलाई अस्पताल लैजाने तयारी गरेर बस चालकले एम्बुलेन्सको आपतकालीन नम्बरमा फोन गरे पनि ति महिलाले बस भित्र नै शिशुलाई जन्म दिइन् ।

ति महिलाले बच्चा जन्माए लगत्तै उनलाई र बच्चालाई प्राथमिक स्वास्थ्य केन्द्र गुडीहटनूरमा भर्ना गरियो । टीएसआरटीसीका अनुसार अब बच्चाले जीवनभर निस्शुल्क बस सुविधा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर