मुसाले आजित बनाएपछि प्रहरीले बिरालोलाई गुहार्यो — OSNepal

मुसाले आजित बनाएपछि प्रहरीले बिरालोलाई गुहार्यो

LC (KTM) July 05, 2022 0

काठमाडौं ।

प्रहरीले मुसा नियन्त्रण गर्न नसकेपछि बिरालोसँग सहयोग मागेको छ । भारत, कर्नाटकको एक प्रहरी चौकीले मुसाबाट आजित बनेपछि बिरोलाई हसायेग मागेको भन्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मुसाहरूले प्रहरी चौकी वरिपरि दौडने मात्रै होइन, चौकीमा राखिएका महत्त्वपूर्ण फाइलहरू ९दस्तावेजहरू० ध्वस्त पार्न थालेपछि आजित बनेर प्रहरीले बरिोलाई परिचालन गरेको समाचारमा जनाइएको छ ।

चौकी नजिकै एउटा ताल छ, मुसाहरूले बस्नको लागि हाम्रो चौकीलाई राम्रो ठाउँ बनाएजस्तो देखिएको गौरीबिदानुर चौकीका उप निरीक्षक विजय कुमारले बताए ।

प्रहरी चौकीमा बिरालो ल्याएपछि मुसाको जोखिम कम भयो । हामीले भर्खरै थप बिरालो पनि ल्याएका छौं । हालसम्म बिरालोले तीन मुसा मारेका छन् ।’

मुसा र लामखुट्टेको त्रासबाट बच्न धेरै पैसा खर्च गरेको उक्त चौकीले मुसाबाट आजित भएको भन्दै आफ्नो पेजमा समेत उल्लेख गरेको छ । कर्नाटक परीक्षा प्राधिकरणले मुसा र लामखुट्टेको खतरा रोक्न वार्षिक ८० हजार रुपैयाँ खर्च गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर