जापानका एक ब्यक्तिले बनाए संसारकै सबैभन्दा सानो ट्वाईलेट , पकेटमै राखेर हिड्न मिल्ने — OSNepal

जापानका एक ब्यक्तिले बनाए संसारकै सबैभन्दा सानो ट्वाईलेट , पकेटमै राखेर हिड्न मिल्ने

LC (KTM) July 05, 2022 0

जापानले संसारकै सबैभन्दा सानो ट्वाईलेट निर्माण गरेको छ । यो ट्वाईलेट पकेटमा राखेर हिड्न मिल्ने खालको रहेको छ । यसलाई जापानको नागोयामा रहेको स्टार्टअप कोकेनवा इंकले ‘पकेट टोइलेट’को नाम दिएर उत्पादन सुरु गरेको हो । यसलाई जहाँ जुनसुकै बेला पनि बोकेर हिड्न मिल्ने खालको बनाइएको छ । यसको विशेषता के छ भने यो ७ सेन्टिमिटर अग्लो र ६.५ सेन्टिमिटर चौडा हुन्छ जुन कुनै पनि पाकेट वा पर्समा सजिलै संग अट्न सक्छ ।

यस ट्वाईलेटको अवधारणाको बिकाश कोकेनावा इंकका संस्थापक ३० वर्षीय योशिनोरी कोकेनावाले ल्याएका हुन् । उनले पकेट टोइलेटको अवधारणा सन् २०१९ मा विकसित गरेका हुन् । उनले एकदिन आँधीका कारण क्षती पुर्याएको बेला ट्वाईलेट गर्नकै लागि एकदमै लामो लाईन लागेको देखेपछि यसको बिकास गरेका हुन् । उनले भने– मानिसहरु आफ्नो क्षेत्रलाई पुरानै स्थितिमा फर्काउनका लागि सकेसम्म छिटो काम गरिरहेका थिए तर प्रत्येक पटक शौचालय जानुपर्दा भने उनीहरु आधा घण्टासम्म लाइनमा बस्नुपर्दथ्यो,’ कोकेनावाले स्मरण गरे ।

‘यसका लागि मलाई केही गर्न मन थियो ।’सन् २०२० को डिसेम्बरमा कोकेनावाको कम्पनीले पकेट टोयलेट लञ्च गरेको थियो । यो शौचालयमा एउटा झोला हुन्छ जुन विशेष र टिकाउ फाइबरले बनेको हुन्छ र यसमा कोगुलेन्टको प्याकेट हुन्छ । उक्त झोलालाई टोइलेटको सिट वा डस्टबिनमा पनि टाँस्न सकिन्छ । कम्पनीले आफ्नो परीक्षणमा उक्त ब्यागको प्रयोगपश्चात् पनि कुनै गन्ध नआएको फेला पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर