१२औं पटक डिभोर्स हुँदा समेत हार नखाने यी इन्जिनियर महिला १३ औ जीवन साथीको खोजीमा — OSNepal

१२औं पटक डिभोर्स हुँदा समेत हार नखाने यी इन्जिनियर महिला १३ औ जीवन साथीको खोजीमा

LC (KTM) July 05, 2022 0

एजेन्सी :

अमेरिकामा बस्ने एक महिलाको बैबाहिक जीवन पटक पटक असफल भएको घटना बाहिर आएको छ । ति महिलाको बिहे एक पटक दुई पटक तीन पटक या चार पटक नभइ १२औं पटक पनि असफल भएको छ ।११ पटक बिहे गरिसकेकी उनको पछिल्ला दिनमा १२औं बिहे गर्ने कोसिस गरेपनि बाह्रौं बिहेचाहिं इन्गेजमेन्टमै पुगेर अन्त्य भएको बताइएको छ । डेलीस्टारको रिपोर्ट अनुसार ५२ वर्षकी मोनेट डियासको जीवनमा यस्तो घटना भएको हो । पेशाले इन्टेरियर डिजाइनर रहेकी मोनेटले ११ वटा बिहे र एउटा इन्गेजमेन्ट गरेर पनि अहिले एकल जीवन बिताउन बाध्य भएको बताइएको छ ।

बिहे गर्ने र डिभोर्स गर्ने क्रम चलिरहँदा उनको ११औं बिहे पनि टुट्यो । अब चाहिं उनको ९मोनेट० जीवनमा कुनै पनि पुरुष लेखेको रहेनछ भन्ने परिवारलाई लागेको छ रिपोर्ट अनुसार ११औं पतिबाट अलग भएसँगै नयाँ पार्टनरको खोजीमा मोनेट टिएलसी टेलिभिजनको रियालिटी शो Addicted to Marriage’ मा गएको सिरिजमै उनको जोनसँग भएको तर इन्गेजमेन्ट भइसकेपछि पनि अचानक उनीहरूको ब्रेकअप भएको बताइएको छ ।

जोनसँगको ब्रेकअप आफ्ना लागि निकै कठिन रहेको मोनेट बताउँछिन् । आफूले जोनलाई निकै माया गर्ने गरेको र सम्बन्ध जोगाउनका लागि धेरै प्रयास गरेको भए पनि सफल नभएको उनी बताउँछिन् ।१२औं पटकसम्म ब्रेकअप भए पनि मोनेटको आशा अझै जिवितै रहेकार एकदिन सच्चा जीवन साथी भेटिनेमा उनी आशाबादी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर