बेहुली लिन हतारिएका बेहुलालाई आफ्नै साथीले यसकारण हाले मुद्धा, माग गरे ५० लाख क्षतीपुर्ति — OSNepal

बेहुली लिन हतारिएका बेहुलालाई आफ्नै साथीले यसकारण हाले मुद्धा, माग गरे ५० लाख क्षतीपुर्ति

LC (KTM) July 05, 2022 0

भारतको हरिद्धारमा एक अचम्मको घटना घटेको छ । कुरो हो बिबाहको । त्यो पनि निर्धारित समय भन्दा अगाडी नै बेहुला पक्षले जन्ती लिएर गएको भन्दै उनकै साथीले ५० लाख रुपैया क्षतीपुर्ति माग दाबी गर्दै मुद्धा दायर गरेका हुन् । स्थानीय बहादुरवाद गाउँका रवि नामका युवाको बिहेको जन्ती निर्धारित समयभन्दा अगावै निस्किएपछि त्यसको झोँकमा उनका साथीले मुद्दा हाले र ५० लाख भारु क्षतिपूर्ति माग गरेका हुन् ।

रविको बिबाहमा कार्ड बाँड्न खटिएका उनका साथी चले आफ्नो बिहेको कार्ड बाँड्नका लागि उनका साथी चन्द्रशेखरले यसरी मुद्धा दायर गरेका हुन् । उनले बिबाहको कार्ड बाँडे पछि जन्ती जाने समय ५ बजेका लागि तय गरिएको थियो । तर बेहुला त्यो भन्दा अगाडीनै हिँडेपछि बिबाहमा जन्ती जानका लागि आएका आफन्त तथा छिमेकी रिसले चुर भएका थिए ।

उनीहरुले कार्ड बाँड्न खटिएका चन्द्रशेखरलाई तथानाम गाली गलौज गरे । आफु बिना कारण अपमानित हुनु परेपछि उनले आफ्नै साथी अर्थात बेहुलालाई मुद्धा हाले । उनले यस घटनाले आफुलाई एकदमै ठुलो क्षती पुगेको र आत्मसम्मानमा चोट पुगेको दायर मुद्धामा उल्लेख गरिएको छ । चन्द्रशेखरले बेहुलासँग ५० लाख भारु क्षतिपूर्तिको माग मात्र गरेनन् माफि माग्नु पर्ने समेत दाबी गरेका छन् । यसका लागि उनले एकजना वकिलको सहयोग लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर