प्रचण्डले तयार पारे पदाधिकारीको नामावली — OSNepal

प्रचण्डले तयार पारे पदाधिकारीको नामावली

LC (KTM) July 05, 2022 0

काठमाडौं २१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले पदाधिकारीको नामावली तयार पारेका छन् । अध्यक्ष प्रचण्डले तयार पारेका नामावली भोली बुधबार केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्ने भएका छन् ।

आफ्नै निवास खुमलटारमा मंगलबार बसेको पूर्वस्थायी समिति बैठकमा प्रचण्डले पदाधिकारीको प्रस्ताव आफूले गर्ने बताएका हुन् ।

आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठक आज मंगलबार स्थगत अध्यक्ष प्रचण्डले पोलिट्ब्युरो, स्थायी समिति र पदाधिकारी चयनको लागि री पूर्वस्थायी समितिका नेताहरुसँग छलफल गरेका हुन् ।

बैठकमा सहभागी एक नेता बताए अनुसार सम्भवत भोलि (बुधबार) को बैठकमा अध्यक्षले पदाधिकारीको नाम पढेर सुनाउने सम्भावना रहेको छ । अध्यक्षको प्रस्ताव गरेको नाम बैठकले पारित गर्ने जनाए ।

महाधिवेशन सकिएको सात महिना बित्दासमेत माओवादीमा पदाधिकारीविहीन छ । यता महासचिवमा दुई प्रभावशाली नेता वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकरको दाबी परेको
छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर