अर्थमन्त्री शर्मालाई पदबाट हटाइँदै — OSNepal

अर्थमन्त्री शर्मालाई पदबाट हटाइँदै

LC (KTM) July 05, 2022 0

काठमाडौं २१ असार । अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट हटाइने भएको छ । निकट स्रोतका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिसकेको बुझिएको छ ।

बजेट निमार्णको समयमा शर्माले अनाधिकृत रुपमा बाहिरको व्यक्ति सहभागी गराएको र सो दिनको सीसीटीभी फुटेज सम्म गायव गरिएको भन्दै शर्मा विरुद्ध चौतर्फी राजीनामाको माग बढेको हो ।

आइतबाबाट सुरु भएको केन्द्रिय समितिको बैठकमा पनि शर्माको राजीनामा माग गरिएको थियो । यता सत्ता पक्ष नेपाली कांग्रेसले पनि शर्मालाई हटाउन प्रधानमन्त्री देवालाई दवाव दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर