आगामी मंसिर २ या ५ गते निर्वाचन गर्न सरकारलाई आयोगको सिफारिस — OSNepal

आगामी मंसिर २ या ५ गते निर्वाचन गर्न सरकारलाई आयोगको सिफारिस

LC (KTM) July 05, 2022 0

काठमाडौं २१ असार । निर्वाचन आयोगले आगामी मंसिर २ या ५ गते प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने भएको छ ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने आयोले तयारी गरेको छ । आयोगले बुधबार मिति सिफारिस गरे पनि १२० दिन समय राखेर अबको एक साताभित्रै मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा हुने जनाएको छ ।

आयोगले बुधबार मिति सिफारिस गरे पनि १२० दिन समय राखेर अबको एक साताभित्रै वा त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा हुने आयोगले जनाएको छ ।
आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको ती सदस्यले बताए

आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासहितको सरकारको उच्च स्तरीय टोलीलाई भोलि भेट्ने समय मागेको छ । मंसिर २ वा ५ गतेमध्ये एक दिन निर्वाचन गर्नका लागि ५ पन्नासहितको सिफारिस सरकारलाई बुझाउने आयोगको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर