४० बर्षिया महिलाको ४३ जना सन्तान , बुवाआमाले पैसाका लागि बेचिदिएका थिए सानैमा   — OSNepal

४० बर्षिया महिलाको ४३ जना सन्तान , बुवाआमाले पैसाका लागि बेचिदिएका थिए सानैमा  

LC (KTM) July 05, 2022 0

एक जना महिलाले आफ्नो प्रजनन् उमेर भर कति बच्चा जन्माउँछिन् भन्ने सबैलाई चासोको बिषय हो । बर्षेनी जन्माए पनि कति सम्म होला भन्ने प्रश्न उठ्न सक्छ ।तर आज हामी तपाई लाई यस्ती आमाको बारेमा जानकारी दिदैछौ जसको सन्तान सुनेर तपाइ तिनछक्क पर्नु हुनेछ । जसले ४० वर्षको उमेरसम्म आइपुग्दा ४४ सन्तान जन्माइसकेकी छिन् । यी उनी हुन् आमाको नाम मरियम नबातान्ज हो । उनी हाल ुँपूर्वी अफ्रिकाको युगान्डामा बस्छिन् । हाल उनी ४३ वर्षकी भइन् र उनले ४० वर्षको उमेरसम्म ४४ बच्चालाई जन्म दिइसकेकी छिन् ।

मरियमले एकपटक मात्रै एउटा बच्चा जन्माइन् । उनले चार पटक जुम्ल्याहा, पाँच पटक तीनजना र चार पटक पाँच सन्तानलाई जन्म दिइन् । उनको ६ सन्तानको मृत्यु भइसकेको छ । अहिले जीवित ३८ बच्चामा २० छोरा र १८ छोरीहरु छन् । यी सन्तानलाई उनले एक्लै पालिरहेकी छिन् । उनलाई सानैमा उनका बुवाआमाले पैसाको लागि बेचिदिएका थिए ।

त्यसपछि उनले १३ बर्षको उमेरमै पहिलो सन्तानलाई जन्म दिएकी थिईन् । डाक्टरले मरियमलाई उनको डिम्बाशय असामान्य रुपमा ठूलो भएका कारण उनको शरीरमा हाइपर ओभ्युलेशन नामक स्थिति भएको जानकारी दिए । हाइपर ओभ्युलेट स्थिति वंशानुगत हुन्छ । यो स्थितिमा अत्यधिक बच्चा जन्माउने सम्भावना थुप्रै गुणा बढ्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर