महंगी बढेपछि यी महिलाले आफ्नै श्रीमान् लाई भाडामा लगाईन् — OSNepal

महंगी बढेपछि यी महिलाले आफ्नै श्रीमान् लाई भाडामा लगाईन्

LC (KTM) July 05, 2022 0

बिश्वबजारमा महंगीले चरमसिमा पार गरिरहेका बेला बेलायतमा एउटा अचम्म लाग्दो तर रमाईलो घटना सार्वजनिक भएको छ । पैसा कमाउनकै लागि आफ्नो श्रीमान् लाई बेलायतकी एक महिलाले घरघरमा बिक्रि गरिरहेकी छिन् । अर्थात भाडामा आफ्नो श्रीमान्लाई राखेको कुरा सार्वजनिक भएको हो । उनले अहिले एक वेभसाइड मार्फत भाडामा लाउने गरेकी छिन् ।

श्रीमानलाई भाडामा राख्नका लागि सुरुमा ती महिलाले एउटा वेबसाइट सुरु गरिन् र त्यसको प्रचारका लागि फेसबुकमा एउटा अभियान पनि चलाइन् । उनले यसको नाम ‘हायर माई ह्यान्डी हब्बी’ सर्भिस राखेकी छिन् । लौराले त्यसपछि ‘रेन्ट माई ह्यान्डी हसबेन्ड’ नामबाट एउटा वेबसाइट सुरु गरिन् । उनले फेसबुक र एक चर्चित एप नेक्स्टडोरमार्फत् यसको प्रचार पनि गराइन् । यसमा आइरहेका प्रतिक्रिया देखेर उनी छक्क परेकि छिन् ।

लौराले भनिन्, ‘मानिसहरु साँच्चै नै इच्छुक थिए । केहीलाई भने जेम्सलाई कुनै भिन्न काम ९यौनजन्य क्रियाकलाप० का लागि राखेको भन्ने सोच्नुभएको छ । यति महँगी हुँदा पनि म यस्तो गर्नका लागि कुनै पनि हालतमा तयार छैन । यद्यपि, धेरै मानिसहरुलाई मेरो आइडिया मन परिरहेको छ । कहिलेकाँही सानोतिनो कामका लागि मान्छे बोलाउन मुश्किल हुने भन्दै धेरै मानिसहरुले मेरो प्रशंसा पनि गरिरहेका छन् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर