चक्रपथ विस्तारको अन्योल उस्तै ! — OSNepal

चक्रपथ विस्तारको अन्योल उस्तै !

LC (KTM) July 06, 2022 0

काठमाडौं । चक्रपथको दोस्रो (कलंकी महाराजगञ्ज) खण्ड विस्तारमा अन्योल उत्पन्न भएको छ । कोरोना महामारीका कारण रोकिएको उक्त खण्ड विस्तारको काम अझै सुरु भएको छैन । गत वर्ष असारमा नै सडक विभागले महाराजगञ्ज क्षेत्रको २ सय ४४ मिटर छोडेर निर्माण थाल्न पत्रचार गरेको भए पनि चिनियाँ निर्माण कम्पनीले हालसम्म कुनै प्रतिक्रिया नदिएपछि अन्योल भएको हो ।

नेपाल सरकारले सर्भिस लेन निर्माणको लागि ठेक्का आह्वान गरेको कम्पनी छनोट हुने क्रममा रहेको भए पनि चिनियाँ पक्षले कोभिड १९ र साइट क्लियर नभएको जनाउँदै हालसम्म कुनै प्रतिक्रिया नदिएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता भीमार्जुन अधिकारीले बताए ।

उनले भने , ‘कोभिड १९ कै कारण देखाउँदै आयोजनाको प्रगति हुन सकेको छैन । आयोजनाले कुनै गति लिएको छैन ।’ यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर