नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश — OSNepal

नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश

LC (KTM) July 06, 2022 0

स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।सेन्टर कोर्टमा बुधबार राति अमेरिकाका टेलर फ्रिट्जलाई हराउँदै नाडालले अन्तिम चारमा स्थान बनाएका हुन् ।दोस्रो वरियताका नाडालले ११ औं वरीयताका टेलरमाथि संघर्षपूर्ण जित निकालेको हो । ५ सेटमा लम्बिएको खेलमा नाडालले टेलरमाथि ३-६,७-५,३-६,७-५ र ७-६ १०-४ को सेटमा जित निकाले ।

३६ वर्षीय नाडालको यो ३ सय १० औं ग्रान्डस्लाम जित हो ।कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् । अब नाडालले फाइनल प्रवेशका लागि निक क्रिगोससँग खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर