हिजो एकैदिन १६०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि पत्याउनै नसकिनेगरी ह्वात्तै घट्यो — OSNepal

हिजो एकैदिन १६०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि पत्याउनै नसकिनेगरी ह्वात्तै घट्यो

LC (KTM) July 07, 2022 0

काठमाडौं, २३ असार:

नेपाली बजारमा बिहीबार सुनको भाउ एक हजार चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले वृद्धि भएर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला ११ सय ७५ रुपैयाँ कायम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर