विपक्षी गठबन्धनको सरकारले संघीयतालाई बलियो बनाउन डटेर लागे समर्थन गर्छु : गुरुङ — OSNepal

विपक्षी गठबन्धनको सरकारले संघीयतालाई बलियो बनाउन डटेर लागे समर्थन गर्छु : गुरुङ

LC (KTM) June 18, 2021 0

पोखरा ४ असार । गण्डकी प्रदेशका नेकपा एमालेका संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले विपक्षी गठबन्धनको सरकारले संघीयतालाई बलियो बनाए सहयोग गर्ने बताएका छन् ।

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वसको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा सहभागी भएका गुरुङले संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले सहयोग गर्ने बताएका हुन् ।

राजनीतिक इतिहास बोकेको परिवारबाट आएका पोखरेललाई मत दिन भन्न पनि नसक्ने अवस्थामा आफु भएको बताएका गुरुङले अवसरवादी दलहरुको गठबन्धनबाट बनेको सरकारलाई समर्थन गर्न पनि नसक्ने बताएका छन् ।

उनले भने, ‘मुख्यमन्त्रीप्रति सद्भाव छ, तर जुन अवसरवादी दलहरुको गठबन्धनको रुपमा सरकार बनेको छ, यसलाई समर्थन गर्न सक्दैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर