स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्न बालेन शाहले छुट्याए बजेट — OSNepal

स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्न बालेन शाहले छुट्याए बजेट

LC (KTM) July 08, 2022 0

काठमाडौं-

र्‍याप गायक यमबुद्धको सालिक निर्माण गर्न काठमाडौं महानगरपालिकाले बजेट छुट्याएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी १५ लाख रुपैयाँ छुट्याएको हो ।

महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्‍याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको हो ।मेयर बालेका स्वकीय सचिव भुपदेव शाह र्‍यापर यमबुद्धले ‘नेपहप’लाई विश्वमाझ परिरिचत गराएर दिएको योगदानको कदर गर्दै यस्तो निर्णय गरिएको बताउँछन् ।

यमबुद्धलाई नेपाली युवापुस्ताका धेरै र्‍यापरले आफ्नो आइडल मान्ने रधेरै श्रोताले यमबुद्धलाई सम्मान स्वरुप सालिक बनाउने निर्णय गरेको हो ।’ यमबुद्धलाई नेपाली श्रोताले सम्झिरहने गरी सालिक स्थापना गरिने बताए पनि सालिक कहाँ स्थापना गर्ने भन्ने तय भने भइनसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर