भेनेजुएलामा एक प्याकेट कण्डमको मुल्य एक लाख रुपैया , कण्डम लिनेहरुको भीड — OSNepal

भेनेजुएलामा एक प्याकेट कण्डमको मुल्य एक लाख रुपैया , कण्डम लिनेहरुको भीड

LC (KTM) July 08, 2022 0

अनिच्छित गर्भधारण तथा यौन रोग बाट बच्नको लागि पुरुषहरुले गतिलो तथा भरपर्दाे अस्थायी साधनको रुपमा कण्डमलाई लिने गरिन्छ । यो अस्थायी साधन फेरी सर्वसुलभ र सहजै रुपमा पाईने भएकोले पनि युवा युवती माझ लोकप्रिय रहेको छ । आज हामी कण्डमको बारेमा आश्चर्य चकित पार्ने कुराहरु बताउँदैछौ । संसारका धेरै देशहरुमा सरकारले अस्थायी साधन कण्डम जनतालाई सित्तैमा उपलब्ध गराउँदै आएको छ ।

तर भेनेजुएलामा भने बिल्कुलै फरक रहेको छ । यस देशमा अस्थायी साधन कण्डमको मूल्यमा चरम वृद्धि भएको हो । यस देशमा अस्थायी साधन कण्डमको मल्य एकदमै आकाशिएको छ । यस देशमा कण्डमको एक प्याकेटको मुल्य नै १ लाख रुपैया पुगेको छ । मुल्यबृद्धि त भयो तर सुलभ रुपमा पाउन पनि एकदमै गाह्रो रहेको छ । दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा एक प्याकेट कण्डम ९६ हजार रुपैयाँ बराबरको मूल्यमा बिक्री भैरहेको खबरले तहल्का नै मच्चाएको छ ।

कण्डम किन्नकै लागि एकदमै लामो भीड लाग्ने गरेको छ । त्यस्तै कण्डम मात्र होइन गर्भनिरोधक पिल्सको मूल्यले पनि भेनेजुयलामा आकाश छोएको छ । भेनेजुयला यस्तो देश हो जहाँ गर्भपतन गर्नु गैरकानुनी हुन्छ । यदि कसैले कानुनविपरीत गर्भपतन गराएको पाइएमा कडा सजाय हुन्छ । संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या रिपोर्ट सन् २०१५ अनुसार भेनेजुयलामा किशोरीहरुमा गर्भाधारणको सबैभन्दा धेरै घटना सार्वजनिक भएका थिए । अविवाहित किशोरीहरू गर्भवती हुने मामिलामा भेनेजुयला दक्षिण अमेरिकामै सबैभन्दा अगाडि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर