कृषि विकास बैंकले कृषकलाई तरकारी खेतीमा आर्थिक सहयोग गर्ने — OSNepal

कृषि विकास बैंकले कृषकलाई तरकारी खेतीमा आर्थिक सहयोग गर्ने

LC (KTM) July 09, 2022 0

भैरहवा-कृषि विकास बैंक दयानगर छपियाँ शाखा रुपन्देहीले कृषकलाई तरकारी खेतीमा आर्थिक सहयोग गर्ने भएको छ । जिल्लाको गैडहवा गाउँपालिका क्षेत्रमा रहेका कृषकलाई तरकारी उत्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सहयोग गर्न थालिएको दयानगर छपियाँ शाखाले जनाएको छ । स्थानीय क्षेत्रमा सञ्चालित कृषक व्यवसायीलाई व्यापार विस्तारमा बैंकले सहयोग गर्नेभएको हो ।

कृषक, स्थानीय बासिन्दा, बैंकका प्रतिनिधि र जनप्रतिनिधि विच शुक्रबार भएको छलफलमा कृषिक्षेत्रको बिकासमा सहकार्य गर्ने सहमति भएको कृषि विकास बैंक दयानगर छपियाँ शाखाले जनाएको छ । बैंकका शाखा प्रबन्धक गणेशसिंह श्रेष्ठले व्यवसायी तरकारी उत्पादन तथा पशुपालन क्षेत्रमा काम गर्न चाहना किसानका लागि वार्षिक ३ प्रतिशत ब्याजमा बैंकले आवश्यकताअनुसार उपलब्ध गराउने जानकारी दिनुभयो । किसानको उत्पादनमा बढावा दिनका लागि सो बैंक तयार रहेको भन्दै उत्पादन गरेर स्वारोजगार बन्न कृषकलाई शाखा प्रबन्ध श्रेष्ठले अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर