यी कर्मचारी जसले २७ बर्ष भयो एकदिन पनि बिदा लिएका छैनन् , मनकारीहरुले थाहा पाए पछि करोडौ रुपैया दानमा दिए — OSNepal

यी कर्मचारी जसले २७ बर्ष भयो एकदिन पनि बिदा लिएका छैनन् , मनकारीहरुले थाहा पाए पछि करोडौ रुपैया दानमा दिए

LC (KTM) July 09, 2022 0

बर्षमा एउटा कर्मचारी तथा कामदारले कति बिदा लिन्छ अर्थात छुट्टी बस्छ ? तपाई केही अनुमान लगाउन अवश्य पनि सक्नु हुन्छ । बिरामी बिदा, भैपरि आउने बिदा, बेतलबी बिदा, काज बिदा यस्ता धेरै बिदाहरु मध्ये कुनै न कुनै बिदाको उपयोग गरेकै हुन्छ । ति माथि कामचोर कर्मचारी परेछ भने सकेसम्म हप्तै पिच्छे बिभिन्न बाहाना बनाएर बिदा लिने गर्छ । तर आज हामी तपाई लाई यस्तो एक कामदार तथा कर्मचारीको बारेमा जानकारी दिदैछौ तपाई अचम्मित हुनुहुनेछ ।

उनले २७ बर्षयता कुनै बिदा नै लिएका छैनन् । यस्ता कर्मचारी भने अमेरिकामा भेटिएका हुन् । उनी ५४ बर्षिय केभिन नाम गरेका ब्यक्ति हुन् । इमान्दार तथा कामप्रति समर्पित यी कर्मचारीले पछिल्लो २७ वर्षसम्म एक दिन पनि विदा नलिइकन काम गरिरहेका हुन् । त्यसबापत कम्पनीले उनलाई विशेष पुरस्कार समेत दिएको छ । कम्पनीले ती बफादार कर्मचारीलाई हम्बल गूडी ब्याग प्रदान गरको थियो ।तर ती कर्मशील मानिसलाई अन्य ब्यक्ति जसको उनले मन जिते उनीहरुले करोडौ रुपैया दान दिएका छन् ।

उनी अमेरिकाको लस भेगासस्थित बर्गर किङ रेष्टुरेन्ट चेनमा कार्यरत कर्मचारी हुन् । केभिन फोर्डले कम्पनीमा काम गरिरहँदा पछिल्लो २७ वर्षदेखि विदा नै लिएका छैनन् । केभिन कम्पनीमा खजान्चीको रुपमा कार्यरत छन् । सन् १९९५ देखि उनी बर्गर किङको विमानस्थलस्थित शाखामा काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर