प्रेमीकाको दुर्घटना भए पछि बिश्व भ्रमण गर्न भन्दै पैदलनै निस्एिक यी युवा, संगै हिँडेको कुकुरले राख्यो यस्तो कीर्तिमान — OSNepal

प्रेमीकाको दुर्घटना भए पछि बिश्व भ्रमण गर्न भन्दै पैदलनै निस्एिक यी युवा, संगै हिँडेको कुकुरले राख्यो यस्तो कीर्तिमान

LC (KTM) July 09, 2022 0

मान्छे मायामा बिक्षिप्त बनेपछि जे पनि गर्न सक्छ भन्ने उदाहरण बन्न सफल भएका छन् अमेरिकाका एक युवक । आफ्नो मनले माया गरेको प्रेमीकाले एक दुर्घटनामा ज्यान गुमाए पछि बिक्षिप्त बनेको प्रेमीले अनोठौ काम गरेका छन् । उनी एक्लैले बिरक्तिएर बिश्व भ्रमणमा निस्कीएका थिए । उनले जम्मा ३८ वटा देशको पैदलले नै यात्रा गरेका थिए ।

अमेरिकाको न्यु जर्सीका टम टर्किचले आफ्नो कुकुरसँग पैदल यात्रा गरी ३८ देशको यात्रा गरे । उनले यतिका देश भ्रमण गर्न जम्मा सो समय धासात वर्षको यात्रामा टमलाई साथ दिने कुकुर सवानाहले विश्व कीर्तिमान बनाएको छ । करिब ४८ हजार किलोमिटरको यात्रामा टम टर्किचले धेरै चुनौतीको सामना गरे पनि आफ्नो यात्रा रोकेनन् । टम टर्किचले आफूले गरेको यात्रा पाँच वर्षमा पनि पूरा गर्न सकिने बताउँदै कोरोना महामारीका कारण आफूलाई थप दुई वर्ष लागेको प्रतिक्रिया दिए।

वास्तवमा टमकी प्रेमिका मेरीको सन् २००६ मा एक दुर्घटनामा मृत्यु भयो । उनको प्रेमीकाको निधन पछि टमलाई लाग्यो कि अब जिन्दगी छोटो छ । त्यसैले उनको दिमागमा बिश्वयात्रागर्ने लक्ष्य लिए । टमलाई त्यसपछि लाग्यो – जीवन छोटो छ । त्यसैले उनले संसार घुम्ने अठोट लिए । टमले पैसा संकलन गर्न सुरु गरे । कलेज पढ्दै गर्दा गर्मीको छुट्टीमा काम गर्दै टमले दुई वर्षसम्म घुम्नका लागि पैसा जम्मा गरे ।

सन् २०१५ मा टमले आफ्नो २६ औँ जन्मदिनमा यो यात्रा सुरु गरेका थिए । टमले उक्त यात्रामा आफूले थुप्रै उतार चढाव देखेको बताए । टर्की–उजबेकिसतानमा मानिसहरुले टमलाई विवाहमा आमन्त्रित गरेर उनलाई खुसीमा समावेश गराए । टमले गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर न्युम्यानको कहानीबाट प्रेरित भएर संसार घुम्ने निर्णय गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर