शनिबार एकै दिन २५ अर्ब ५५ करोड सरकारी खर्च — OSNepal

शनिबार एकै दिन २५ अर्ब ५५ करोड सरकारी खर्च

LC (KTM) July 10, 2022 0

काठमाडौं २६ असार । सरकारले आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत हिजो शनिबार एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी गरेको छ ।

यो खर्चसँगै चालू आवमा १६ खर्ब ३२ अर्ब पूँजीगत खर्च मध्ये १२ खर्ब ३७ अर्ब ७० करोढ रुपैंया खर्च भएको हो । शनिबार सरकारी भुक्तानी प्राय: नहुने भएपनि महालेखा नियन्त्रकले भुक्तानी दिनू भनेर सूचना निकालेपछि हिजो शनिबार पनि भुक्तानी भएको हो ।

शुक्रबारसम्म १७४ अर्ब रुपैयाँ रहेको पूँजीगत बजेट खर्च शनिबार १८९ अर्ब पुगेको तथ्यांक छ । यस आवमा सरकारले ३ खर्ब ७८ अर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेकोमा १ खर्ब ८९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ खर्च भएको छ ।

यससँगै अब पूँजीगत विकास वार्षिक लक्ष्यको ५० प्रतिशत छोएको छ । शनिबारसम्म विकास खर्च ५०.११ प्रतिशत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर