त्रिकोणात्मक सिरिजमा घरेलु टोली स्कटल्याण्डद्धारा नामिबिया पराजित — OSNepal

त्रिकोणात्मक सिरिजमा घरेलु टोली स्कटल्याण्डद्धारा नामिबिया पराजित

LC (KTM) July 10, 2022 0

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोली स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ । त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले पराजित गरेको हो ।स्कटल्याण्डले दिएको २ सय ५९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नामिबिया ४३ ओभरमा अलआउट हुँदै १ सय ८१ रनमा समेटियो ।

नामिबियाका लागि जोन निकोल लोफेटिकले ५० रनको अर्धशतकीय इनिङ खेले । लो हार्डि लवारिन्सले ४७ रन बनाए।स्कटल्याण्डका सफियान सरिफले ५ तथा हम्जा ताहिर र मार्क वाटले समान २र २ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको टल्याण्डले ५० ओभरमा २ सय ५८ रन बनाउँदा ६ विकेट गुमाएको थियो ।

घरेलु टोलीका लागि जर्ज मुन्सिले अविजित ७१ रनको अर्धशतकीय इनिङ खेले । कलुम म्याकडोनाल्डले ५० रनको अर्धशतकीय इनिङ खेले । कायल कोट्जर र म्याथ्यु क्रसले क्रमशः २९ र २८ रन बनाए । नामिबियाका लागि ग्रिहाड ईरासमुसले ३, टान्जिनी लुगामईनिले २ तथा रुबेन ट्रम्पेलम्यानले १ विकेट लिए ।

यस जितसँगै स्कटल्याण्डको २१ खेलबाट ३० अंक जोडेको छ । स्कटल्याण्ड दोस्रो स्थानमा कायमै रहेको छ ।नामिबिया भने १५ खेलमा १४ अंक सहित छैटौं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर