श्रमिकको बिरामी खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने — OSNepal

श्रमिकको बिरामी खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने

LC (KTM) July 13, 2022 0

कैलाली, २९ असार-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदान र रोजगारदाताको सुरक्षालाई समन्वय गरेर लैजानुपर्ने बताउनुभएको छ ।
कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले श्रमिकको योगदानको कदर गर्ने र रोजगारदातालाई सम्मान गर्ने नीति सरकारको रहेको जानकारी दिनुभयो ।

मन्त्री कुँवरले केही दिनअघि मात्रै श्रमिकहरुको उपचार खर्च वापतको रकम अनलाइन प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले २६ अस्पताललाई अनुमति दिइएको छ र ती मध्ये १८ अस्पताल अनलाइन प्रणालीमा आइसकेका छन् ।”

उहाँले देशभरिका अस्पताललाई पनि त्यो अनुमति दिने र त्यो अनुमति दिइसकेपछि सामान्य उपचारका लागि २० प्रतिशत खर्च बिरामीले र ८० प्रतिशत खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने गरी कार्य सुरु भएको बताउनुभयो ।“आकस्मिक दुर्घटनाहरुका लागि भने एक सय प्रतिशत खर्च नै सामाजिक सुरक्षा कोषले व्यहोर्ने भन्ने कुरा पनि सुरु गरेका छौँ”, मन्त्री कुवँरले भन्नुभयो । उहाँले सांस्कृतिककर्मी र सञ्चारकर्मी लागि पनि सामाजिक सुरक्षामा आवद्ध गरिने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर