१८ वर्षीय मोबाइल चोरको घरमा छापा हान्दा प्रहरीले भेट्टायो ८० राउण्ड गोली — OSNepal

१८ वर्षीय मोबाइल चोरको घरमा छापा हान्दा प्रहरीले भेट्टायो ८० राउण्ड गोली

LC (KTM) July 13, 2022 0

झापा, २९ असार :

भद्रपुर नगरपालिका-५ स्थित प्रियंका मोबाइल पसलमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-५ देवीबस्ती बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलबाट शुक्रबार राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा ती किशोरलाई पसलबाट चोरी भएको १ थान मोबाइल सहित प्रहरीले फेला पारी थप अनुसन्धानको क्रममा सोही मोबाइल पसल पछाडि झाडीमा लुकाई राखेको तोडिएको ताला १ थान, फलामको रड १ थान, चोरी भएको मोबाइलहरूको खोल, १० लिटर पेट्रोल, अमुल जुस १९ थान, सोही नगरपालिका-५ देवीबस्तीस्थित काली मन्दिरनेर झाडीमा उक्त पसलबाट चोरी भएको मोबाइलहरूको चार्जर २७ थान र उनको घरको पछाडी इँटामुनी लुकाई राखेको सिक्सर/रिभल्वर पेस्तोलमा प्रयोग हुने ८० राउण्ड गोली फेला पारी बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।पोखरेलका अनुसार प्रारम्भिक बयानमा उनले भारतबाट गोली ल्याएको बताएका छन् । थप खुलाएका छैनन् । अन्य मोबाइल पनि भारततिर विक्री गरिसकेको हुनसक्ने आशंका गरिउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर