बुधबारदेखि बेपत्ता १२ वर्षीय बालकको शव भेटियो — OSNepal

बुधबारदेखि बेपत्ता १२ वर्षीय बालकको शव भेटियो

LC (KTM) July 14, 2022 0

सिन्धुपाल्चोक, ३० असार-बुधबारदेखि बेपत्ता बालकको शव भेटिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ स्थित हाँडिखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार बगाएको थियो । बालकको शव आज हाँडिखोला र ईन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहररी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिनुभयो ।

उहाँले बर्खाको समयमा नदी तथा खबरे खोला आसपास नजानसमेत आग्रह गर्नुभयो । उहाँले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिस खोलामा जाने गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर