इजरायल र जापान पठाइदिन्छु भन्दै मनलाग्दी पैसा लिएर सर्वसाधारणलाई दुख दिँदै आएका श्रीकृष्ण काठमाडौंको कलंकीबाट समातिए — OSNepal

इजरायल र जापान पठाइदिन्छु भन्दै मनलाग्दी पैसा लिएर सर्वसाधारणलाई दुख दिँदै आएका श्रीकृष्ण काठमाडौंको कलंकीबाट समातिए

LC (KTM) July 14, 2022 0

काठमाडौं, ३० असार

वैदेशिक रोजगार कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–८ बस्ने ४६ वर्षीय श्रीकृष्ण घिसिङ्ग तामाङ् छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगार संचालन गर्ने अनुमति नै नपाएका घिसिङ्गले आकर्षक रोजगारका लागि राम्रो पारिश्रमिकमा इजरायल, जापान लगायतका मुलुकहरूमा पठाईदिने झुट्टा आश्वासन देखाई ठगी गरेका थिए ।

पीडितहरूलाई विभिन्न मितिमा ठगी गरेको वैदेशिक रोजगार कसूरका ३ थान मुद्दामा सर्वोच्च अदालतले उनलाई २०७७ चैत १७ गते ६ वर्ष कैद र ६ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर