नविनको कोठामा तास खेलिरहेको अबस्थामा ६ जना मोटो रकम सहित समातिए — OSNepal

नविनको कोठामा तास खेलिरहेको अबस्थामा ६ जना मोटो रकम सहित समातिए

LC (KTM) July 15, 2022 0

कास्की, ३१ असार :

पोखरा महानगरपालिका-८ न्यूरोड डेरा गरी बस्ने सोही महानगरपालिका-२६ लेखनाथ घर भएका ३२ वर्षीय नविन गौचनको कोठामा जुवातास खेलिरहेको अवस्थामा गौचन समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५३ हजार रूपैयाँ र २ सय ८ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै -बागमती गाउँपालिका-३ भट्टेडाँडा तीनपाने बस्ने सर्लाही ईश्वरपुर घर भएका १९ वर्षीय मिलन बम्जनको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
बिजुलीको पोलमा चढी नेटको तार जोर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको आनन्दवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर