बौद्धबाट लागूऔषध खैरोहेरोइनसहित चार जना पक्राउ — OSNepal

बौद्धबाट लागूऔषध खैरोहेरोइनसहित चार जना पक्राउ

LC (KTM) July 15, 2022 0

काठमाडौँ महानगरपालिका–६ बौद्धबाट २३ ग्राम अवैध लागूऔषध खैरोहेरोइनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ बस्ने सिन्धुपाल्चोक हेलम्बुका २६ वर्षीय निमा लामा, मोरङ पथरी शनिश्चरेका २९ वर्षीय किसान आङ्देम्बे, रामेछापका ३५ वर्षीय कृष्णबहादुर मगर र मोरङ पथरीका २६ वर्षीय मणिराज सुब्बा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त खैरो हेरोइन फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत लागूऔषध खैरो हेरोइन मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर