दुखद खबर : दाङमा गोठ भत्किँदा दुई वर्षीया अबिताको दुखद निधन — OSNepal

दुखद खबर : दाङमा गोठ भत्किँदा दुई वर्षीया अबिताको दुखद निधन

LC (KTM) July 16, 2022 0

दाङ, ३२ असार

दाङको घोराहीमा गोठ भत्किँदा शनिबार एक बालिकाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–९ निवासी इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

गोठ भत्किएर चोट लागेपछि गम्भीर घाइते बालिकाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर