भारत भ्रमणमा रहेका प्रचण्ड र मोदीबिच भेटवार्ता नहुने, प्रचण्ड आज साँझ स्वदेश फर्कदै — OSNepal

भारत भ्रमणमा रहेका प्रचण्ड र मोदीबिच भेटवार्ता नहुने, प्रचण्ड आज साँझ स्वदेश फर्कदै

LC (KTM) July 17, 2022 0

काठमाडौं १ असार । तीन दिन भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज आइतबार साँझ स्वदेश फर्किने भएका छन् ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा शुक्रबार प्रचण्ड भारतको नयाँ दिल्ली पुगेका थिए । भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको भएपनि प्रचण्डले मोदीलाई नभेट्ने भएका छन् ।

अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरे पनि प्रधानमन्त्री मोदीसँग भेट नहुने उनको सचिवालयले जानकारी दिएको हो ।

यसपटकको भारत भ्रमण उपलब्धिमुलक भएको जानकारी दिएको प्रचण्डको सचिवालयले जसले निम्तो दिनु भएको थियो त्यो नै अन्तिम भेट भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर