आमालाई क्यान्सर भएपछि ड्रग्स कारोबारमा संलग्न हुने युवतीको कथा गुड लक जेरी, हेर्नुहोस ट्रेलर — OSNepal

आमालाई क्यान्सर भएपछि ड्रग्स कारोबारमा संलग्न हुने युवतीको कथा गुड लक जेरी, हेर्नुहोस ट्रेलर

LC (KTM) July 17, 2022 0

एजेन्सी :

बलिउड अभिनेत्री जाह्नवी कपूर अभिनित फिल्म ‘गुड लक जेरी’को ट्रेलर सार्वजनिक भएको छ। आमालाई क्यान्सर भएपछि सोझी युवती ड्रग्स कारोबारमा संलग्न हुन बाध्य भएको कथालाई ट्रेलरमा देखाइएको छ । फिल्ममा उनी जेरीको भुमिकामा देखिएकी छन् ।

फिल्ममा जेरी अर्थात् जाह्नवी कपूर सोझी युवतीको रुपमा देखिउकी छिन्। फिल्ममा जाह्नवीसँगै दीपक डोब्रियाल, मीता वशिष्ठ, निरज सूद, सुशान्त सिंहलगायत कलाकारको अभिनय छ। यो फिल्मको कथा पंकज मित्रले तयार पारेका हुन्।

सिद्धार्थ सेनले निर्देशन गरेको फिल्ममा आनन्दएल राई, सुवाषकरण, महावीर जैनको लगानी छ। डिज्नीप्लस हटस्टारको निर्माण रहेको फिल्म अ कलर एल्लो प्रोडक्सन र लाइका प्रोडक्सनले महावीर जैन फिल्म्ससँगको सहकार्य बनेको हो।रंगराजन रामाबर्दनले छायांकन गरेको फिल्मलाई प्रकाशचन्द्र साहो र जुविन सेखले सम्पादन गरेका छन्।। फिल्म २९ जुलाईमा डिज्नीप्लस हटस्टारमा प्रदर्शन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर