अभिनेत्री शिल्पा शेठ्ठीका पति राज कुन्द्राको अभिनयमा डेब्यु — OSNepal

अभिनेत्री शिल्पा शेठ्ठीका पति राज कुन्द्राको अभिनयमा डेब्यु

LC (KTM) July 18, 2022 0

एजेन्सी :

बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका पति राज कुन्द्राले अभिनयमा डेब्यू गरेका छन् । राजले गत महिना ‘यूटी नम्बर ६९’ नामक फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । सुटिङको लोकेशन मुम्बईको सब–अर्बन इलाका मीरा रोडमा स्थित डब्बा फ्याक्ट्रीमा थियो ।

फिल्मको नाम आर्थर रोड जेलको त्यो ब्यारेकसँग सम्बन्धित छ, जहाँ राज कैदीका रुपमा बन्द थिए । फिल्मको सुटिङ १८ दिनमा सम्पन्न भएको थियो । अब यसलाई ओटीटी प्राइम भिडियोलाई बेच्ने तयारी भइरहेको छ ।

गतवर्ष पोर्नोग्राफी केसमा मुछिएर ६४ दिनसम्म जेलको हावा खाएका राज माथि जे जे भयो त्यसलाई फिल्मको कथामा देखाइएको बताइएको छ । फिल्मलाई गुपचुप सुटिङ गरिएको छ । फिल्मको निर्देशन शाहनवाज अलीले गरेका छन् । आर्ट डिरेक्टर नीरजकुमार सिंहले डब्बा फ्याक्ट्रीलाई आर्थर रोड जेलमा रुपान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर