जाजरकोटमा छायांकन गरिएको सुरक्षा पन्तको ‘बुलाकी’ कातिक १८ गतेदेखि प्रदर्शनमा आउने — OSNepal

जाजरकोटमा छायांकन गरिएको सुरक्षा पन्तको ‘बुलाकी’ कातिक १८ गतेदेखि प्रदर्शनमा आउने

LC (KTM) July 18, 2022 0

काठमाडौं :

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ १८ कातिकदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । यो चलचित्रको निर्देशन ‘रेलको बाटो’ बोलको गीतको भिडियो निर्देशन गरेका लक्ष्मण सुनारले गरेका छन् ।

सुनार निर्देशित यो चलचित्र मुख्य गरी जाजरकोटमा छायांकन गरिएको हो । त्यहाँको चलनचल्तीमा रहेको जारी प्रथामाथि आधारित रहेर बनाइएको यो चलचित्रमा अभिनेत्री सुरक्षासँगै अभिनेता नरेन खड्का र विराज विष्टको समेत मुख्य भूमिका छ ।

टोपेन्द्र विष्टको निर्माणमा बनेको यो चलचित्रलाई काठमाडौं सौर्य दैनिकमा खबर छ । उपत्यकामा गोपाल कायस्थ र काठमाडौंबाहिर ‘एफडी’ कम्पनीले वितरण गर्ने निर्माण पक्षले जनाएको छ ।

राजबहादुर साने, लक्ष्मण सुनार, निर्मल पौडेल र विराज विष्टको पटकथा तथा संवाद रहेको ‘बुलाकी’ को कथा भने राजबहादुरकै रहेको छ । चलचित्रलाई छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर