आजबाट ४० वर्षमा लागिन् प्रियंका चोपडा, हलिउडमा समेत पाएकी छन् वाही वाही — OSNepal

आजबाट ४० वर्षमा लागिन् प्रियंका चोपडा, हलिउडमा समेत पाएकी छन् वाही वाही

LC (KTM) July 18, 2022 0

काठमाडौं :

आज बलिउड नायिका प्रियंका चोपडाको जन्म दिन परेको छ । उनले आज ४० औं जन्मदिन मनाउँदैछिन् ।तमिल फिल्म ‘थमिजन’बाट अभिनय करिअरको थालनी गरेकी चोपडा २० वर्षको अभिनय करिअरमा उनले ६७ फिल्ममा अभिनय गरेकी छन् ।

८ जुलाई १९८२ मा उनको जन्म बिहारको जमशेदपुरमा जन्मैकी उनका बुवा बुवाआमा सैनिक चिकित्सक थिए । बुवाआमाको व्यावसायिक करिअरमाझ उनको बाल्यकाल विभिन्न सहरमा बितेको थियो । सन् २००० मा उनले मिस इण्डिया पेजेन्टमा भाग लिइन् ।

यो प्रतिस्पर्धामा उनी सेकेन्ड रनरअप भइन् । यसपछि उनले मिस इण्डियाको उपाधि जितिन् । सोही वर्ष उनी मिस वर्ल्ड पनि घोषित भइन् । विश्व सुन्दरी बनेपछि उनलाई फिल्मको प्रस्तावको ओइरो लाग्न थाल्यो ।

उनले काम गरेबापत पद्मश्री सम्मान, राष्ट्रिय अवार्ड, पाँच फिल्मफेयर, दुई पिपुल च्वाइसबाट सम्मानित भएकी छन् । हलिउड गायक निक जोनससँग उनले केही वर्षअघि बिहे समेत गरेकी छन् । उनीहरुले हालै सरोगेसी विधिमार्फत सन्तान प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर