पूजाले फिल्म प्रचार प्रसारमा साथ नदिएको भन्दै रिसाए निर्देशक — OSNepal

पूजाले फिल्म प्रचार प्रसारमा साथ नदिएको भन्दै रिसाए निर्देशक

LC (KTM) July 18, 2022 0

काठमाडौं । यतिबेला नेपाली फिल्म हलमा ‘सम्झना बिर्सना’ मुस्किलले चलिरहेको छ । फिल्मले राम्रो कमाइ नगरिरहेका बेला फिल्मकी मूख्य नायिका अस्ट्रेलिया उडेकी छन् ।

फिल्मको पब्लिसिटीमा दोस्रो दिनदेखि हिंड्नुपर्ने मान्छे अस्ट्रेलिया उडेको भन्दै फिल्मका निर्देश निमेष प्रधान असन्तुष्ट देखिएका छन् । आउँछु दाइ भनेर हिंडेको मान्छे फोन गर्दा एयरपोर्ट पुगेको छु भनेको आफु छक्क परेको प्रधानले बताए ।

आकाश र पूजाको व्यक्तिगत झगडाको असर पनि फिल्मलाई परेको समेत उनले सुनाए । फिल्मका लागि पूजाले २० लाख रुपैयाँ पारिश्रमिक लिएकी पूजा प्रचारप्रसारमा राम्रोसँग नखटिइ ‘म यस्तो गीत गाउँछु २’ चलाउन अस्ट्रेलिया पुगेकी छन् ।

यसो त गत साताको पत्रकार सम्मेलनमा पनि पूजा उपस्थित भइनन् । अभिनेता आकाश श्रेष्ठ एक्लै खटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर