पूजाले करोडौँ लगानी गरेका सम्झना बिर्सनाका निर्मातालाई दिइन् ठूलो धोका — OSNepal

पूजाले करोडौँ लगानी गरेका सम्झना बिर्सनाका निर्मातालाई दिइन् ठूलो धोका

LC (KTM) July 18, 2022 0

काठमाडौँ ।

फिल्म ‘संझना विर्सना’लाई दर्शकले खासै पत्याएनन् । पल र पूजाको ४ महिना अगाडि रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रचार प्रसारमा हिँड्दा पूजाले रुने कराउने लगायतका सबै तिकडम अपनाइन् । तर यसपटक भने पूजाले खासै आफ्नो फिल्म जसरी चासो देखाइनन् । रिलिजको तेश्रो दिनमै मल्टिप्लेक्समा ‘संझना विर्सना’को शो कटौती भएको छ ।

फिल्म रिलिज अगाडि नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठविच मनमुटाव देखिनु, हलमा नै गएर आकाशको पक्षमा मात्रै हुटिगं गरेको भन्दै पूजा दर्शकसँग रिसाउनु, पूजाले आफ्नो फिल्ममा जसरी प्रचार प्रसारमा समय नदिनु, लगायतका कारण देखाउँदै निर्माण यूनिट समेत पूजासँग रुष्ट देखिएको छ । आकाश श्रेष्ठ र छुल्ठिम गुरुङ पनि मुख्य भूमिकामा रहेको फिल्मको बुकिङ पक्ष समेत कमजोर देखिएको फिल्ममा दर्शकको उपस्थिती समेत कमजोर बनेपछि पूजाको स्टारडममा प्रश्न समेत उठ्न थालेको छ ।

आकाश र पूजाले एक भ एको, फेरी मिलेको र आगामी प्रोजेक्टहरुमा मिलेर काम गर्ने भन्दै बोली चपाएपनि आकाश प्रचारमा एक्लै हिँडिरहँदा उनले पूजाको नाम लिन समेत धक माने । जसको असर, फिल्मको व्यापार देखिएको छ । पूजा र आकाशको मित्रतामा आएको फाटोका कारण फिल्म हेर्न जान मन नलागेको कतिपय दर्शकहरुले बताएका छन् ।

फिल्म बनाउँदा एक देखिएका पूजा र आकाश फिल्म रिलिजसम्म आइपुग्दा अलग भएपछि यसकोठाडो असर निर्माण पक्षलाई पर्यो । आकाशसँगै हलमा पुगेकी पूजाले फ्यानहरुले आकाशको मात्रै पक्षमा हुटिगं गरेको भन्दै दर्शकहरुसँग हलमा नै रिसाउँदा पूजाले आफ्नो करियर र भोलीका फिल्महरुलाई कस्तो असर पर्ला भन्ने हेक्का राख्नु पर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर