फिल्म 'राधा'को तीज गीतमा सृष्टि र प्रियंकाको यस्तो छमछमी (भिडिओ) — OSNepal

फिल्म ‘राधा’को तीज गीतमा सृष्टि र प्रियंकाको यस्तो छमछमी (भिडिओ)

LC (KTM) July 18, 2022 0

काठमाडौं :
फिल्म ‘राधा’को तीज गीत सार्वजनिक भएको छ। साउनको पहिलो सोमबारको अवसर पारेर ‘पाउमा पाउजु छैन बरिलै’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ भने भिनेत्री सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको नृत्य छ।

सिर्जना खत्रीको शब्द रहेको गीतमा कालीप्रसाद बास्कोटाले संगीत भरेका छन्। यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।सुर्वण थापाले निर्देशन गरेको फिल्म ‘राधामा अभिनेता सौगात मल्ल निर्माता रहेका छन् फिल्ममा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राई, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

यो फिल्म मार्फत अभिनेता सौगात मल्ल निर्माताको रुपमा डेब्यू गरेका हुन्।फिल्ममा दयाहाङ राई र निश्चल बस्नेत अतिथि भूमिकामा छन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। यो फिल्म भदौ १० गतेदेखि प्रदर्शन हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर