‘नेपहपको श्रीपेच’का विजेता साइमनलाई बालेनले लगाइदिए नयाँ मुकुट, मुकुट लाएपछि साइमनले भने 'साह्रै खुशी छु' — OSNepal

‘नेपहपको श्रीपेच’का विजेता साइमनलाई बालेनले लगाइदिए नयाँ मुकुट, मुकुट लाएपछि साइमनले भने ‘साह्रै खुशी छु’

LC (KTM) July 19, 2022 0

काठमाडौं । र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई काठमाडौं महानगरका मेयर बालेन शाहले श्रीपेच (मुकुट) लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा शोका विजेता साइमन विष्ट (भाइबर साइमन)लाई जज समेत रहेका शाहले मुकुट लगाइदिएका हुन् ।

यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएर श्रीपेच विवादमा परेपछि फिर्ता गरिएको थियो । अहिले प्रदान गरिएको श्रीपेच अन्तर्राष्ट्रिय हिपहपहरुले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको शोका निर्माता रोशन पोखरेलले बताए ।

पहिलेको मुकुट विवादित बनेको र आगामी दिनमा यसको डिजाइन गर्दा सतर्क रहने पनि उनले बताए ।नेपहपको श्रीपेच’का विजेता साइमनले विजेताको रुपमा श्रीपेच लगाउँदा खुशी लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर