चर्चित अभिनेता प्रदिप खड्काको मुख्य अभिनय रहेकमो फिल्म ‘प्रकाश’ को ट्रेलर रिलिज, हेर्नुहोस् प्रकाशको अहिलेसम्मकै भिन्न भूमिका रहेको ‘प्रकाश’को ट्रेलर — OSNepal

चर्चित अभिनेता प्रदिप खड्काको मुख्य अभिनय रहेकमो फिल्म ‘प्रकाश’ को ट्रेलर रिलिज, हेर्नुहोस् प्रकाशको अहिलेसम्मकै भिन्न भूमिका रहेको ‘प्रकाश’को ट्रेलर

LC (KTM) July 19, 2022 0

काठमाडौं :

चर्चित अभिनेता प्रदिप खड्काको मुख्य अभिनय रहेकमो फिल्म ‘प्रकाश’ को ट्रेलर रिलिज गरिएको छ ।

लोकप्रिय निर्देशक दिनेश राउतको निर्देशन रहेको फिल्म ‘प्रकाश’ को ट्रेलर मंगलबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । ट्रेलरमा फिल्मका केही मुख्य विषयवस्तुले प्रथामिकता पाएका छन् ।

१० भदौमा रिलिज हुने तयारीमा रहेको फिल्ममा अभिनेता प्रदीप खड्काको यसमा भिन्न लुक्समा देखिएका छन् ।

संचारकर्मी तथा म्यूजिक भिडियोका निर्देशक विकास सुवेदीको लेखन रहेको फिल्ममा प्रदीपको अलवा दीया पुन, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

जुम्लामा छायांकन गरिएकोफिल्ममा अनुप बराल कास्टिङ डाइरेक्टरको रुपमा रहेका छन् । तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले छायांकन रहेको छ । जसको सम्पादन जीवन थापाले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर