युरोकपमा हंगेरी संग फ्रान्स बराबरीमा रोकीयो — OSNepal

युरोकपमा हंगेरी संग फ्रान्स बराबरीमा रोकीयो

LC (KTM) June 19, 2021 0

युरोकप फुटबल अन्तर्गत आज भएको खेलमा हंगेरी संग फ्रान्स बराबरीमा रोकीएको छ । बराबरी खेले संगै दुबै टिमले अंक बाँडेका छन् । समूह चरणको आफ्नो दोस्रो खेलमा फ्रान्स लाई हंगेरीले १-१ को बराबरीमा रोके को हो ।

हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो ।पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो ।रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हंगेरीले बनाएको थियो ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । यस बराबरीसँगै समूह एफको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । हंगेरीले भने पहिलो एक अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर