जोन अब्राहमका साथमा के गर्दैछिन् पूर्व मिस वर्ल्ड मानुषी ? — OSNepal

जोन अब्राहमका साथमा के गर्दैछिन् पूर्व मिस वर्ल्ड मानुषी ?

LC (KTM) July 19, 2022 0

काठमाडौं ।

बलिउड चर्चित नायक जोन अब्राहम र पूर्व मिस वर्ल्ड मानुषी छिल्लर ‘तेहरान’ मा एकसाथ काम गर्ने भएका छन् ।

फिल्म ‘सम्राट पृथ्वीराज’ बाट अभिनय करियर सुरु गरेकी पूर्व मिस वर्ल्ड मानुषी छिल्लर जोन अब्राहमका साथ मुख्य भूमिकामा देखिने निर्माण यूनिटले जनाएको छ ।

निर्माण यूनिटले हालै सार्वजनिक गरेको सुटिगं सेटको पहिलो तस्विरमा उनी अब्राहमसँग बन्दुक समातिरहेको अवस्थामा देखिएकी छन् ।

एक्सन थ्रिलर विषयमा निर्माण हुन लागेको फिल्मको र्दिैशक अरुण गोपालन हुन् भने दिनेश विजन फिल्मका निर्माता हुन् ।

आशिष प्रकाश वर्माले यो फिल्मको कथा लेखेका हुन् । अभिनेता विक्की कौशलको अपोजिटमा ‘द ग्रेट इन्डियन फ्यामिलीमा’ समेत देखिन लागेकी पूर्व मिस वर्ल्ड मानुषी छिल्लरका हातमा अहिले काम नै काम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर