आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्ने पाँच शीर्ष नेताहरुको निष्कर्ष — OSNepal

आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्ने पाँच शीर्ष नेताहरुको निष्कर्ष

LC (KTM) July 19, 2022 0

काठमाडौं ३ साउन । सत्तारुढ दलका शीर्षनेताहरु बिच पार्टी एकताबारे छलफल भएको छ । आगामी निर्वाचनमा गठबन्धन गर्ने विषयमा शिर्षनेताहरु बिच संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम सहभागी भएका छन् ।

गठबन्धन कायमै राखेर जानुपर्ने र यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर छलफल भइरहेको प्रचण्डले बताए ।

अर्का नेता नेपालले पनि ‘गठबन्धन कायम राख्ने, वामपन्थीहरु मिल्ने कुराकानी भएको बताएका छन् । नेपाली कांग्रेससँग गठवन्धन गरेर जाने विषयमा छलफल भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर