संसदीय विशेष समितिले छलफलका लागि बोलायो जनार्दन शर्मालाई — OSNepal

संसदीय विशेष समितिले छलफलका लागि बोलायो जनार्दन शर्मालाई

LC (KTM) July 19, 2022 0

काठमाडौं ३ साउन । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय विशेष समितिले बोलाएको छ ।

बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई सहभागी गराएको अभियोगमा शर्मा माथि छानविन गर्न बनेको संसदीय समितिले शर्मालाई बोलाएको हो । समितिको मंगलबार बसेको बैठकले शर्मालाई बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालले दिएको जानकारी अनुसार समितिले भोलि (बुधबार) पूर्व अर्थसचिवहरुसँग छलफल गर्ने निर्णय भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर